दुई कम्पनी र दुई म्युचुअल फण्डहरुको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

1.46K
shares
Krishi Bikas Bank

काठमाडौं, १७ कात्तिक । दुई कम्पनी र दुई म्युचुअल फण्डहरुको लाभांश सुरक्षित गर्ने अन्तिम दिन
रहेको छ ।

नेपाल लाइफ इन्स्योरेन्स र अरुण काबेली पावर लिमिटेडले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात कात्तिक १८ गते बुकक्लोज गर्दैछ । त्यसैगरी, नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नबिल इक्विटी फण्ड र नबिल ब्यालेन्स्ड फण्ड २ ले प्रतिफल वितरण प्रयोजनार्थ भोली बुकक्लोज गर्दैछन् ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मंसिर ८ गते बाइसौँ वार्षिक साधारणसभा बोलाएको छ । सो सभा होटल भिष्वा, वीरगंज (पर्सा)मा बिहान ९ बजे शुरु हुनेछ । सभाले चुक्ता पूँजीको १५.७८९५ प्रतिशत नगद लाभांश (कर प्रयोजन सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

यसका साथै कम्पनीको वार्षिक कार्य प्रगति प्रतिवेदन, वित्तयि विवरण पारित गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, सञ्चालक समितिले गरेको स्वतन्त्र सञ्चालकको नियुक्तिलाई अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।

त्यसैगरी, अरुण काबेली पावर लिमिटेडले कार्तिक ३० गते बुधबार १२ औं वार्षिक साधारण सभा बोलाएको छ । सभाले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजी १ अर्ब ८५ करोड ५२ लाख रुपैयाँको १० प्रतिशतले हुन आउने १८ करोड ५५ लाख २१ हजार रुपैयाँ बराबरको बोनस शेयर र ०.५२६३ प्रतिशतका दरले हुने १ करोड ५ लाख रुपैयाँ नगद लाभांश (कर सहित) वितरण गर्ने, १ः१ अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ ।

यस्तै, नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नबिल ब्यालेन्स्ड फण्ड २ ले करसहित ७ प्रतिशत र नबिल इक्विटी फण्डले करसहित ५ प्रतिशत प्रतिफल वितरण गर्ने घोषणा गरेका छन् ।


Krishi Bikas Bank
franklin 1200*150