नेप्से परिसुचकमा उछाल, कारोबार रकम १ अर्ब नाघ्यो
वि.सं.२०७९ कात्तिक १५ मंगलवार १५:१५
shares

काठमाडौं, १५ कात्तिक । साताको तेस्रो कारोबारको दिन नेप्से परिसुचकमा वृहत अंकले उकालो लागेको छ ।
आज नेप्से परिसुचक ५६ दशमलव ११ अंकले बढेको छ । मंगलबार २ दशमलव ९९ प्रतिशतले बढेर १९३० दशमलव ९९ बिन्दुमा पुगेको छ ।
नेप्से परिसुचकसंगै ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ११ दशमलव २८ अंकले वृद्धि भएको छ । आज भएका २७ हजार ९ सय ३२ काररोबारबाट २३१ कम्पनीका ३९ लाख ७१ हजार ५ सय ९४ कित्ता शेयर किनबेच भएका छन ।
जसबाट आज शेयर बजारमा भएका आजको सम्पूर्ण कारोबार रकम १ अर्ब २९ करोड ६ लाख ६४ हजार ६ सय ४२ पुगेको छ ।








