पिपुल्स इन्भेष्टमेन्ट कम्पनीको हकप्रद शेयर बिक्रीमा
वि.सं.२०७९ कात्तिक १५ मंगलवार ११:३६
shares

काठमाडौं, १५ कात्तिक । पिपुल्स इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले ३० प्रतिशत हकप्रद शेयर आजदेखि बिक्री खुला गरेको छ ।
कम्पनीले कात्तिक १४ गतेसम्म कायम साविक संस्थापक शेयरधनीहरूका लागि १० शेयर बराबर नयाँ तीन शेयरको अनुपातमा हकप्रद शेयर बिक्री खुला गरेको हो ।
कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरका ४ लाख ७५ हजार ८७५ कित्ता हकप्रद शेयर खरीदका लागि मंसिर २० गतेसम्म आवेदन दिन सकिने जनाएको छ ।
यस हकप्रद शेयर खरीदका लागि कम्पनीको कार्यालय ट्रेड टावर थापाथली, काठमाडौंबाट आवेदन फारम प्राप्त गर्न र बुझाउन सकिने व्यवस्था छ ।








