बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ कारोबार ?
वि.सं.२०७९ कात्तिक १५ मंगलवार ११:२४
1.48K
shares
shares

काठमाडौं, १५ कात्तिक । आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । अघिल्लो दिन स्थिर रहेको सुनको मूल्य मंगलवार १०० रुपैयाँले बढेको हो ।
सुनचाँदी व्यवसायी महाँसघका अनुसार आज सुन प्रतितोला ९३ हजार १०० रुपैयाँमा कायम भएको छ । अघिल्लो कारोबार दिन अर्थात् सोमवार सुन तोलाको ९३ हजार रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेको छ । आज चाँदी तोलाको १ हजार २१५ रूपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी तोलाको १ हजार २०० रूपैयाँमा कारोबार भएको थियो ।








