विश्वकप: अर्जेन्टिना र नेदरल्याण्ड्सको समाचार कभर गर्ने क्रममा फुटबल पत्रकारको मृत्यु
वि.सं.२०७९ मंसिर २४ शनिवार १४:४०
shares

दोहा, २४ मंसिर । कतारमा विश्वकपको समाचार कभर गर्ने क्रममा अमेरिकाका चर्चित फुटबल पत्रकारको मृत्यु भएको छ ।
४८ वर्षीय ग्रान्ट वाहल शुक्रबार राति अर्जेन्टिना र नेदरल्याण्ड्सको खेल हेर्दै गर्दा बेहोस भएका थिए । उनलाई हृदयघात भएको हुन सक्ने प्रारम्भिक रिपोर्टमा दर्शाइएको छ, तर यसको आधिकारिक पुष्टि हुन बाँकी छ ।
गत महिना वाहललाई एलजीबीटी अधिकारको समर्थनमा रेनबो जर्सी लगाएर स्टेडियममा प्रवेश गर्न खोजेकोमा कतारी अधिकारीहरूले छोटो समयका लागि हिरासतमा लिएका थिए।
यसैबीच, युस सकर फेडरेसनले उनको मृत्युलाई “हृदयविदारक“ भनेको छ । एजेन्सी








