बेटिङ गर्नेहरूकाे बैंक खाता रोक्का गर्न राष्ट्र बैंककाे निर्देशन

1.52K
shares
Krishi Bikas Bank

काठमाडौं, २८ मंसिर । नेपाल राष्ट्र बैंकले जुवा तथा सट्टेबाजी (बेटिङ) गर्नेहरूलाई कारबाही गर्ने भएको छ । बैंकले बुधवार एक सूचना जरी गर्दै विद्युतीय भुक्तानी कारोबार मार्फत जुवा तथा बाजी लगायतका सट्टेबाजीमा संलग्न व्यक्ति/समूह/संस्थालाई कारबाही गर्ने बताएको हो ।

विश्व कपको समयमा बाजी राख्ने र विद्युतीय माध्यममार्फत भुक्तानी बढेको आंशकामा बैंकले अनलाइन जुवा र बाजीजन्य कार्यमा संलग्न हुनेलाई कारबाही गर्न लागेको जानकारी दिएको हो छ ।

बैंकले जारी गरेको सूचनामा यस्ता क्रियाकलापमा सहभागी हुनेको बैंक खाता, मोबाइल वालेट लगायतबाट हुने कारोबार समेत रोक्का राख्ने बताइएको छ ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जुवा तथा बाजीजन्य गैर कानुनी कार्यहरूको भुक्तानी बैंक खाता, मोबाइल बैंकिङ्ग, मोबाइल वालेट लगायतका माध्यमबाट हुन नदिने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।


Krishi Bikas Bank
franklin 1200*150