शेयर बजारमा थोरै लगानी गरेर पनि धेरै आम्दानी गर्न सकिन्छ : गभर्नर अधिकारी
वि.सं.२०७९ चैत ६ सोमवार १८:०१
shares

काठमाडौं, ६ चैत । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शेयरमा थोरै लगानीले पनि धेरै आम्दानी गर्न सकिने बताएका छन् । उनले शेयरमा लगानी गर्नुपनि बचत भएको भन्दै शेयरमा थोरै लगानीले पनि धेरै आम्दानी गर्न सकिने दाबी गरेका छन् ।
सोमवार नेपाल राष्ट्र बैंकले आयोजना गरेको विश्वव्यापी मुद्रा सप्ताह–२०२३ उद्घाटन तथा वित्तीय चेतनामुलक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । गभर्नर अधिकारीले दुई वर्षमा आउेन वार्षिक प्रतिवेदनका अध्ययनलाई पछ्याउन किनेको १० कित्ता सेयर अहिले लाखौं भाएको बताएका हुन् ।
‘एउटा सूचीकृत कम्पनीको बारेमा जानकारी लिनुपर्यो भने दुई वर्षपछि बल्लबल्ब वार्षिक प्रतिवेदन आउँथ्यो । त्यो पनि कति परदर्शी हुथ्यो कि हुँदैन थियो’ गभर्नर अधिकारीले भने, ‘त्यसलाई विश्लेषण गर्नका लागि भएपनि १० कित्ता सेयर किनेर त्यो वार्षिक वित्तीय विवरणलाई पछ्याउने गरेको थिए । ५०र५२ सालमा वित्तीय विवरण विश्लेषणका लागि किनेको १० कित्ता सेयरबाट अहिले लाखौंको सम्पत्ति भएको छ । यसरी पूँजीकरण भएको छ ।’
नेपाल धितोपत्र बोर्डका अध्यक्ष पनि मञ्चमा रहेको कार्यक्रममा बोर्ड अध्यक्ष रमेशकुमार हमाललाई सम्बोधन गर्दै उनले २०५०र०५२ सालमा वित्तीय विश्लेषणका लागि किनेको १० कित्ता सेयर लाखौ पुगेको बताएका छन्।
उनले कार्यक्रममा नेपालमा निक्षेपमा उच्च ब्याजदर भएपनि बचत न्यून भएको बताएका छन्। उनले अहिले फोर्सफूल रुपमा बचत गर्यो भने पनि त्यसले ८\१० वर्षमा डबल हुने अवस्था रहेको गभर्नर अधिकारीको भनाइ छ । तर पनि नेपालमा बचत भन्दा पनि उपाभोग केन्द्रित रहेको र जसले कुल राष्ट्रिय बचत समेत न्यून रहेको गभर्नर अधिकारीले बताएका छन्।








